Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


एमालेकाे अध्यक्षमा निर्वाचित भएपछि केपी ओली भृकुटीमण्डपमा पुगे


507
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल भृकुटीमण्डप पुग्नुभएकाे छ।

भृकुटीमण्डपमा बिहीबार दिउँसाे सम्पन्न भएकाे मतगणनामा ओलीले अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार ईश्वर पोखरेललाई फराकिलाे मतान्तरले पराजित गर्नुभएकाे हाे।  कुल खसेको २ हजार २ सय २७ मत मध्ये ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभएकाे छ। प्रत्यासी पोखरेललाई ५ सय ६४ मत मात्रै प्राप्त गर्नुभएकाे हाे।

ओली र पोखरेलबीचको मतान्तर १ हजार ९९ रहेको छ।