काठमाडौं। नेकपा एमाले ११औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
सोही मतदान बिहीबार बिहान ७ बजे सम्पन्न भएको एमालेको निर्वाचन आयोगले जनाएको हो। मतदान सम्पन्न भएसँगै मुचुल्का उठाउने काम शुरु भएको छ। मतगणना शुरु भएको ३ घण्टाभित्रमा सम्पूर्ण मतपरिणाम आइसक्ने जानकारी आयोगले दिएको हो। कूल मतदाता २ हजार २ सय ६३ रहेकोमा २ हजार २ सय २७ मत खसेको थियो। ३६ जना भने मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।
बुधबार बिहान सवाँ ९ बजेदेखि शुरु भएको मतदान बिहीबार बिहान ७ बजे सम्पन्न भएको हो। एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान गर्न २२ घण्टा समय लागेको आयोगले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्