काठमाडौं । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्कीसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ।
पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा दायर भएको जिल्ला सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिनुभएकाे हाे। मुद्दामा चारै जनालाई ५ वर्ष कैद सजाय माग गरिएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।





प्रतिक्रिया दिनुहोस्