Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


महाधिवेशनपछि एमाले एक ढिक्का भएर अघि बढ्ने नेता पाेखरेलकाे दावी


689
Shares

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने दावी गर्नुभएकाे छ।

महाधिवेशनस्थल भृकुटिमण्डपमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने दावी गर्नुभएकाे हाे। उहाँले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताउनुभयाे। । राष्ट्रिय राजनीतिमा देखा पर्ने चुनौतीहरूको सामना गर्न एमाले सक्षम रहेको उहाँको भनाइ छ।

एमालेको नेतृत्वमा जो आए पनि राष्ट्रिय राजनीतिका चुनौतीलाई सामना गर्दै मुलुकलाई सही बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने नेता पाेखरेलले बताउनुभयाे।