काठमाडौं । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार रुपैयाँ नाघेको जनाएको हो। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ। एकैदिन चाँदीको मूल्य तोलामा १ सय ७० रुपैयाँ बढेको हो।
अघिल्लो दिन ३ हजार ८ सय ८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो। एक सातामै चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको हो। यसअघि गत बुधबार चाँदीको मूल्यले ३ हजार ९ सय ५ रुपैयाँको रेकर्ड बनेको थियो ।
त्यसैगरी बुधबार सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो। तरबुधबार बढेर सुन तोलामा २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो ।
यसअघि सोमबार सुनको मूल्य हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्