Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


एमालेकाे अध्यक्ष पदका दाबेदार ओली र पाेखरेल मतदानस्थलमा


793
Shares

काठमाडौं । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

भृकुटीमण्डपस्थित मतदानस्थलमा मंगलबार साँझ दुवै नेता एकै ठाउँमा देखिएका हुन् । मतदानका लागि मतदाताहरू लाइनमा बसेका छन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान राति ९ बजेदेखि शुरु हुने भएको हाे। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लामबद्ध हुन थालेका हुन् । मतदानस्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो ३ बजे उम्मेदवारको संशोधित र अन्तिम नामावली प्राप्त भएपछि नाम प्रविष्ट गर्न शुरु गरिएको थियो ।

महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । उम्मेदवारी दर्ता गराएका मध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्। एक पटकमा ८० जनाले विभिन्न विद्युतीय उपकरणमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। २ हजार २ सय ६३ जनाले ८० वटा उपकरणमा मतदान गर्दा एकजनालाई ३० देखि ३५ मिनेट समय लाग्ने अनुमान गरिएको छ।