Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


शेयर बजार आज दोहोरो अंकले बढ्याे


130
Shares

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकको सुधार देखिएको छ।

नेप्से परिसूचक १८ दशमलव ३७ अंकले बढेर २ हजार ६ सय १९ दशमलव ९९ को बिन्दुमा कायम भएको हाे। ३ सय २५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार १ सय १२ बराबरको कारोबार भएको छ।

कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे। सबै भन्दा धेरै गुमाउनेमा भने श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड रहेको छ।

कारोबार र कारोबार रकमका आधारमा सबै भन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १९ करोड ८२ लाख ४५ हजार २५ बराबरको ४ लाख ९४ हजार १ सय ८४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएकाे हाे।