Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


ताेकिएकाे मितिमा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः नेता पुन


104
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। संविधान अनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने उहाँकाे तर्क छ। नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क नरहेको जिकिर समेत गर्नुभयो। उहाँले तोकिएको मितिमा निर्वाचन गरेर अघि बढदा नै मुलुकलाई संकटबाट निकास दिन सकिने बताउनुभएकाे छ।

नेता पुनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने गरी पूँजीगत खर्च गर्नुपर्ने समेत बताउनुभयो। उहाँले जेनजी आन्दोलनले ध्वस्त बनाएका निजी क्षेत्रको उद्योग र व्यवसायलाई राहत दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभएकाे छ।