Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास गर्ने: नेतृ अर्याल

सर्वसम्मति हुन नसके भाेलि मतदानमार्फत नेतृत्व चयन गर्ने याेजना

611
Shares

काठमाडाैं। नेकपा एमालेले महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अझै प्रयास गर्ने जनाएको छ।

सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन प्रचार तथा प्रसार समितिकी संयोजक एवं निःवर्तमान सचिव पदमा अर्यालले यस्ताे बताउनुभएको हो। उहाँले मनोनयनको काम सम्पन्न भएपछि पार्टीको मूल नेतृत्वदेखि तलसम्म नै सर्वसम्मतिको निम्ति प्रयास गर्ने कार्यतालिका रहेको बताउनुभयो। महाधिवेशनमा केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। नेता ईश्वर पोखरेलको पनि सोही पदमा उम्मेदवारी दिनुभएकाे हाे। महासचिवमा ओली पक्षबाट शंकर पोखरेल, ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ। ती सबै उम्मेदवारीहरुबीचमा छलफल गरेर फेरि पनि सर्वसम्मतिको प्रयास गर्ने निर्णय गरिएको संयोजक अर्यालले बताउनुभयाे।

एमालेले सर्वसम्मति हुन नसके पुस १ गते मंगलबार मतदानमार्फत नेतृत्व चयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।