Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने गृहमन्त्री अर्यालकाे चेतावनी


221
Shares

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिनुभएको छ।

पोखरामा साेमबार आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनदेखि भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु-गराउन न्यायोचित नहुने पनि स्पष्ट पार्न भयो। उहाँले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताउनुभएकाे छ।

मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभूति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो।