Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


अस्ट्रेलियाको न्यु साउथवेल्सको बिचमा गोली प्रहार


637
Shares

काठमाडौं ।

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको स्थित बोन्डी बिचमा भएको गोलीबारीमा एक आक्रमणकारीसहित १२ जनाको मृत्यु भएको छ ।

न्यु साउथ वेल्स प्रहरीका अनुसार घटनामा कम्तीमा १९ जना घाइते भएका छन् भने उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । करीब एक हजार जना यहुदीहरु सहभागी हनुक्का कार्यक्रममा अन्धाधुन्द गोली प्रहार भएको हो । आक्रमणकारी मध्ये एक जना मारिएको र अर्को एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले बन्डीको दृश्यलाई स्तब्ध पार्ने र पीडादायी भनी चित्रण गरेका छन् । प्रत्यक्षदर्शीले गोलीबारी सुरु हुँदा आफू बिचमा भइरहेको हनुकाह कार्यक्रमबाट आफ्ना बच्चाहरूसँगै भागिरहेको बताए ।

प्रहरीले घटना हनुकाह कार्यक्रमसँग सम्बन्धित भए नभएको विषयमा अनुसन्धान भईरहेको बताएको छ । अष्ट्रेलियामा भीडभाडमा गोली प्रहार विरलै हुने गर्दछ ।