Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


निर्वाचनको तयारीमा केन्द्रित: मन्त्री सिन्हा

निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्नेमा जाेड

156
Shares

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउनुभएको छ।

सिंहदरवारमा आइतबार १९ औं संघीय संसद सेवा दिवसमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्नेमा जाेड दिनुभएकाे छ। उहाँले त्यसका लागि संसद सेवाका कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने समेत स्पष्ट पार्नुभयो । उहाँले कानूनहरु स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा संघीय संसदको सुझाव अति उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभएकाे छ। उहाँले कानून निर्माण गर्ने संघीय संसदको कामलाई प्रभावकारी बनाउने काममा त्यहाँ कर्मचारीहरुको योगदान उल्लेख्य हुने पनि बताउनुभयो।

मन्त्री सिन्हाले संघीय संसदको कामलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षले विशेष भूमिका निर्वाह गर्न आवश्यक रहेको समेत बताउनुभयो।