Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


एमालेको ११ औं महाधिवेशनः महाधिवेशन प्रतिनिधिको उत्साहपूर्ण चहलपहल


143
Shares

काठमाडाैं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आइतबार शुरु हुने क्रममा रहेको छ।

शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आइतबार भृकुटीमण्डपमा शुरु हुन लागेको हो। बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ। हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ। महाधिवेशनमा देशैभरीबाट निर्वाचित र मनोनित गरी कूल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी रहेका छन् । आइतबार बिहान ९ बजेदेखि केन्द्रीय कमिटीको अन्तिम बैठक सकिएपछि बन्दसत्र दिउँसो १ बजे शुरु हुने तयारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

यसपछि समूह छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन सोमबार समापन हुने गरी नयाँ केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने योजना छ। भृकुटीमण्डप परिसरमा आइतबार बिहानैदेखि प्रतिनिधिहरू आइपुगेका छन् । कतिपय घाम ताप्दै गफ गरिरहेका छन् त कतिपय हलभित्र प्रवेश गरेर आसन ग्रहण गरिरहेका छन् । पार्टीका नेता-कार्यकर्ताबीच नेतृत्व चयन र समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल चलिरहेको देखिन्छ।

सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वयंसेवकहरू सक्रिय छन् । बन्दसत्रमा पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयन मुख्य एजेण्डा रहने भएका हुन् ।