Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि पनि सर्याे


1.5k
Shares

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र फेरि पनि सारिएको छ।

काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि शुरु गर्ने तयारी गरिएको बन्दसत्र सवाँ १२ बजेलाई सारिएको थियो । त्यसलाई फेरी आइतबार दिउँसो १ बजेका लागि सारिएको एमालेले जनाएकाे छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ।

अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ। यो बैठक कार्यकालको अन्तिम बैठक हो।बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूकाे बारेमा महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिनुभयाे।

बन्दसत्र सरे पनि प्रतिनिधिहरु आइतबार बिहानै भृकुटीमण्डपमा पुगेका छन् ।