काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा आइतबार दुई खेल हुने भएका छन् ।
यूएईमा जारी प्रतियोगितामा भारत-किस्तान र यूएई-मलेसियाबीच प्रतिस्पर्धा आइतबार बिहान पौने ११ बजेदेखि शुरु हुने भएकाे हाे। समूह ‘ए’ का यसअघिको खेलमा भारतले यूएई र पाकिस्तानले मलेसियालाई पराजित गरेका थिए।
समूह ‘बी’ मा रहेको नेपाल शनिबार श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो। समूह चरणमा अब नेपालले साेमबार बंगलादेशको सामन गर्ने भएकाे छ। बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानस्तानलाई ३ विकेटले पराजित गरेकाे थियो। नेपालले बुधबार अफगानस्तानसँग खेल्ने भएकाे छ।
नेपाल एएफसी यू-१९ प्रिमियर कपको उपविजेता बन्दै एसिया कपका लागि छनोट भएको थियो।





प्रतिक्रिया दिनुहोस्