Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


मुस्ताङमा हिउँ चितुवाको आक्रमणमा परी १९ वटा भेडा र च्यांग्रा मरे

६ लाख रूपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान

221
Shares

काठमाडाैं। मुस्ताङमा बिहीबार राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन्।

घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै चितुवाको आक्रमणमा परी भेडा र ३ च्यांग्रा मरेका हुन्। स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ।

परियारको मार्फास्थित खोरमा ४५ भेडाच्यांग्रा थिए । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पठाइएको छ। हिउँद याममा चरनक्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजाति चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन् ।

हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरूको पशुधनमा क्षति पुर्‍याउने गरेको छ । जसका कारण जिल्लाका कतिपय किसान पशुपालन व्यवसाय छोड्न थालेका छन् ।