Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न


104
Shares


काठमाडाैं। नेपाल उसु महासंघले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा गरेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स बिहीबार सम्पन्न गरेकाे छ।

नेपालमा पहिलो पटक आयोजना भएको साेही कोर्स काठमाडौंको डल्लुस्थित अर्थ क्विक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारदेखि बिहीबारसम्म सञ्चालन गरिएको हाे। सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको उद्घाटन र समापन पूर्वमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका हुन्।

टेक्निकल कोर्समा ६५ जना प्रशिक्षकहरू सहभागी भएको महासघंंका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय उसु महासंघका विज्ञद्वारा प्रशिक्षण दिइने भएकाले कोटा भन्दा बढी प्रशिक्षक सहभागी भएको उहाँले बताएका हुन् ।

ट्रेनिङ कोर्समा भारतबाट थाउलोमा २ जना तथा सान्दामा ४ जना गरी कूल ६ जना प्रशिक्षक सहभागी भएका थिए ।