Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


१३३ देशका ७ करोड ३० लाख बालबालिकाको सुरक्षा सुनिश्चित गर्न ७ अर्ब ६६ करोड डलर आवश्यक: युनिसेफ


52
Shares

एजेन्सी। संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले सन् २०२६ मा विश्वका १ सय ३३ देशका ७ करोड ३० लाख बालबालिकालाई सहयोग पुर्‍याउन ७ अर्ब ६६ करोड डलर आवश्यक पर्ने जनाएको छ।

संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता फरहान हकले विश्वभरीमा बजेट कटौती बढ्दै जाँदा आधारभूत सेवाहरू कमजोर बनेकाे बताउनुभएकाे हाे। जसका कारण बालबालिकाको आवश्यकता झनै बढाएको उहाँकाे भनाइ छ। दातृ मुलुकहरूबाट कम हुँदै गएको सहयोगले युनेसेफका कार्यक्रमहरू प्रभावित बनेकाे समेत उहाँले बताउनुभयाे। सन् २०२४ तथा सन् २०२५ मा देखिएको स्रोत अभावले संस्थालाई कठिन निर्णय लिन बाध्य पारेको उहाँकाे तर्म छ।

उहाँका अनुसार पोषण कार्यक्रममै सन् २०२५ का लागि देखिएको ७२ प्रतिशत स्रोत कमीका कारण २० प्राथमिक देशमा कटौती गर्नुपरेको छ। त्यस्तै, शिक्षाका क्षेत्रमा सात करोड ४५ लाख डलर बराबरको कमीले अधिकांश बालबालिका सिकाइ, संरक्षण र स्थिरताको जोखिममा परेकाे उपप्रवक्ता हकले बताउनुभयाे।