Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


काेशीसहित ३ प्रदेशमा आज माैसममा बदली हुने


728
Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशैभरी कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा शुक्रबार बिहान आंशिक बदली रहने भएकाे हाे। साथै बाँकी भू-भागमा भने मुख्यतया सफा रहेको भएकाे छ।

कोशी प्रदेशको हिमाली भू-भागमा शुक्रबार दिउँसाे भने आंशिक बदली हुने भएकाे हाे। त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ।

देशैभरी शुक्रबार राति भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हाे।