Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


प्रधानमन्त्री कार्कीले सत्ता जोगाउन १० बुँदे सम्झौताको नाटक मञ्चन गरेकाे जेनजी युवाकाे आराेप


494
Shares

काठमाडाैं। जेनजी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरुको भावना विपरित सम्झौताको नाटक गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा बिहीबार असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई नै हाईज्याक गरेर सत्ता कब्जा भएको आरोप लगाएका हुन्। जेनजी अगुवा रविकिरण हमालले बुधबार सिंहदरबारमा प्रधानमन्त्री कार्की र ओमप्रकाश अर्यालको समूहले सम्झौताको नाटक मञ्चन मात्रै गरेको टिप्पणी गर्नुभयो। गत भदौ २३ र २४ गते नेपालको नवोदित पुस्ताको बाह्वान भएको विद्रोहलाई अपरहण गरेर, सत्ता ‘कू’ गरेर उनीहरुले नवपुस्तामाथी धोका दिएको उहाँको आरोप छ।

उनीहरुले आफ्नो सत्ता जोगाउनको लागि युवामाथि घात हुने १० बुँदेको सम्झौताको नाटक गरेको र त्यसलाई परास्त गर्न आफूहरु लाग्ने बताउनुभयो। उहाँले तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र वर्तमान प्रधामन्त्री कार्की र गृहमन्त्री अर्याल सबैले युवाहरुको भावनामाथि खेलबाड गरेको आरोप लगाउनुभयो। आगामी दिनमा बन्ने सरकारले युवाहरुको भावनामा खेलबाड गर्ने सबैलाई कारबाही गर्ने उहाँको दावी छ।

जेनजी सरिस्मा थापाले सम्झौताले आन्दोलनलाई वैधता दिएता पनि सम्झौता कार्यन्वयनमा आशंका व्यक्त गर्नुभयो। आगामी चुनावपछि अर्को सरकार बन्ने भएकोले यो सरकारसँग भएको सम्झौता आउने सरकारले कार्यन्वयन गर्नेमा आफूहरुलाई विश्वास नरहेको बताउनुभएकाे छ। वर्तमान सरकारले सम्झौतालाई दराजमा थन्काउने मात्रै काम गर्ने उहाँको भनाइ थियाे।