Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


एमाले मुख्यालयमा प्रतिनिधिको जमघट बाक्लिंदै (भिडियाे रिपाेर्ट)

नेतृत्व परिवर्तन गर्न चाहने प्रतिनिधिकाे संख्या पनि उल्लेख्य !

286
Shares

काठमाडाैं। नेकपा एमालेको ११औं महाधिवेशन आउन अब ३ दिन मात्रै बाँकी रहेकाे छ।

महाधिवेशनको मिति नजिकिदै जाँदा पार्टी कार्यालयमा देशैभरीका महाधिवेशन प्रतिनिधिहरुको चहलपहल पनि बढ्न थालेको हाे। पार्टी कार्यालयमा जम्मा भएका प्रतिनिधिहरुले नेतृत्व चयनदेखि पार्टीका महत्वपूर्ण पदहरुमा आफ्नो दावी गरिरहेका छन् । यस हिसाबले एमालेको यो महाधिवेशन निकै रोचक र प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ।

यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने सम्भावना क्षीण छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा त गर्नुभएको छ। तर केपी शर्मा ओलीलाई नै सर्वसम्मत रुपमा अध्यक्ष बनाउने प्रयास घनिभूत रुपमा चलिरहेको हाे। ओलीले पोखरेललाई मनाउन हरसम्भव प्रयास गरेपनि अहिलेसम्म त्यो सम्भव देखिएको छैन। पोखरेल मात्र होइन, उहाँको समूह नै ओलीविरुद्ध लाग्ने करिब निश्चित जस्तै छ। पोखरेलको साथमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेताहरु रहेका हुन्। पार्टीभित्र ओलीको राम्रै पकड रहेकाले उहाँ नै दोहोरिने छन् भन्न सकिन्छ। अधिकांश महाधिवेशन प्रतिनिधिहरुले पनि ओलीको विकल्प नरहेको भन्दा भन्दै पनि केही प्रतिनिधिहरु भने नेतृत्व परिवर्तनको मुद्दा लिएर अघि बढिरहेका छन्।

जेनजी आन्दोलनपछि राजनीतिक दलहरुमा नेतृत्व परिवर्तनको मुद्दा जोडतोड रुपले उठेको थियो। तर, पछिल्लो समय भने यो विषय सेलाएको छ। युवा पुस्ताले अभूतपूर्व विद्रोह मार्फत नेतृत्व परिवर्तनका लागि दिएको राजनीतिक सन्देश पुराना पार्टीहरुले भने ग्रहण गर्ने सम्भावना ज्यादै कम देखिएको हाे। यसले नेपाली राजनीतिमा नेतृत्व पुस्तान्तरण र हस्तान्तरणलाई पुरानो पुस्ताले कतिसम्म बेवास्ता गरेको छ भन्ने पनि स्पष्ट पारेको छ।

भिडियाे रिपाेर्ट: