Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


वैदेशिक राेजगार विभाग परिसरबाट १३ जना बिचाैलिया पक्राउ


663
Shares

काठमाडौं। प्रहरीले सर्वसाधारण नागरिकलाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै अनावश्यक झन्झट दिने १३ जना बिचौलियालाई पक्राउ गरेको छ।

उनीहरूले वैदेशिक रोजगारको सिलसीलामा ठगिएका पीडितहरु न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गर्ने गरेको प्रहरीले बताएको हाे। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीलाई हैरानी दिइ बिचौलिया प्रयोग गर्न उनीहरूले बाध्य बनाउने गरेको प्रहरीले बताएकाे छ।

उनीहरूले पीडितसँग पीडकविरुद्ध पूर्जी जारी गरिदिन सहयोग गर्ने भन्दै मोलमोलाई गर्ने गरेका छन् । उनीहरूको नाम गोप्य राखिएको समेत प्रहरीले बताएकाे हाे।