Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा प्रतिवद्ध: मन्त्री सिन्हा


156
Shares

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ।

सिंहदरबारमा आइतबार ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री सिन्हाले संघ, प्रदेश र स्थानीय तह र सरोकारवालाहरुले मानव अधिकार संरक्षण- संवद्र्धनमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै त्यसमा केही कमी देखिए सुधारका लागि सरकारलाई रचनात्मक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो। उहाँले मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकारसँग सहकार्य गरेर अघि बढ्न पनि मानव अधिकारकर्मी र नागरिक समाजका अगुवाहरुलाई आग्रह गर्नुभएकाे छ।

उहाँले सरकारले मानव अधिकार आयोगको संस्थागत सुदृढिकरणमा पनि जोड दिएको बताउनुभयो। मन्त्री सिन्हाले सत्य तथा निरुपण आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि लागि परेको बताउनुभयो।