Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


देशमा अझै पनि संकट टरिसकेकाे छैन: संयोजक दाहाल


130
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मुलुकमा अझै पनि संकट टरिनसकेको बताउनुभएकाे छ।

काठमाडौंमा बुधबार आयाेजिक एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकबाे हाे। संयोजक दाहालले गत भदाै २३ र २४ गते देश राज्यविहीन बनेर निकै ठूलो संकट आइपरे पनि अझै पनि संकट पूरै नटरेको बताएका हुन् । नेकपा पार्टी बनाउनुको उद्देश्य अरू लोकतन्त्रवादी शक्ति र बाँकी वामपन्थीलाई पनि मिलाएर लानु रहेको उहाँको भनाइ छ।

राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका निम्ति एउटा नयाँ अभियान तिर जाने उद्देश्यले नेकपा पार्टी बनाएको उहाँकाे दावी छ। संयोजक खाहालले देशैभरिका सबै देशभक्त नेपालीहरूबीच एकता कायम गर्नुपर्नेमा जाेड दिनुभयाे।