Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


यू-१९ एशिया कप खेल्ने नेपाली टाेलीकाे घोषणा


260
Shares

काठमाडाैंं। नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एसिया कप खेल्ने नेपाली टोलीकाे घोषणा गरेको छ।

क्यानले अशोक धामीको कप्तानीमा नेपाली युवा टोली घोषणा गरेको हो। टीममा निराज यादवलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। टोलीमा दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, शाहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहार, नितेष पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन्।

यू-१९ एसिया कप क्रिकेट यहि डिसेम्बर १२ तारिखदेखि यूएईमा शुरु हुने भएकाे छ। प्रतियोगितामा १४ देश सहभागी हुने भएका हुन् ।