Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारी गर्न आवश्यक: अध्यक्ष लिङ्देन

निर्वाचन भए देशले झनै ठूलो विध्वंस व्यहोर्नुपर्ने अवस्था आउने

169
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई संकटबाट जोगाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारी हुनुपर्ने बताउनुभएको छ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। प्रधानमन्त्री सुशीला कार्कीलाई उहाँले निर्वाचन अघि नै राजा, राजनीतिक दल र जेनसी पुस्ताबीच सर्वपक्षीय सम्मेलन गरेर मुलुकलाई निकास दिने कामको नेतृत्व गर्न समेत आग्रह गर्नुभयो। उहाँले यथास्थितिमा निर्वाचन भए मुलुकमा झनै विद्रोहको आगो बल्ने चेतावनी समेत दिनुभयो। मुलुक भूराजनीतिको गम्भिर चक्रव्यूहमा फसेको जिकिर गर्दै अध्यक्ष लिङ्देनले यस्तो अवस्थामा निर्वाचन भए देशले झनै ठूलो विध्वंस व्यहोर्नुपर्ने अवस्था आउने समेत बताउनुभएकाे छ।

अध्यक्ष लिङ्देनले राजा मुलुकको राष्ट्रिय एकताको प्रतिक भएकाले त्यसको अनिवार्य आवश्यकता मुलुकलाई भएको पनि दोहोर्‍याउनुभयो ।