Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


नेपालमा अब सक्रिय राजतन्त्र सम्भव छैन: महामन्त्री जबरा

नेपालमा संवैधानिक राजसंस्था भने आवश्यक

247
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताउनुभएको छ।

काठमाडौंमा मंगलबार पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सक्रिय राजतन्त्रसँग आफूहरु सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउनु भयो। उहाँले यसकाे बारेमा आफूहरुले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताउनुभएकाे छ। नेपालीका छोरा-छोरीले देश चलाउने र अभिभावकको भूमिकामा राजसंस्था रहने समेत उहाँले बताउनुभयो।

महामन्त्री जबराले ठूलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्नेमा जाेड दिनुभएकाे छ।