Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


देशको खाद्य सुरक्षा कायम गर्न लागिपरेको छु: मन्त्री परियार


169
Shares

काठमाडाैं। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताउनुभएको छ।

ललितपुरमा साेमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले यस्ताे बताउनुभएकाे हाे। १६ औं पञ्चवर्षिय योजनाले लिएको सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न सुनिश्चित गर्ने योजनाअनुसार नै सरकारका कार्यक्रम केन्द्रित रहेको उहाँकाे दावी छ। राष्ट्रिय रणनीतिहरु प्रदेश तथा स्थानीय तहका खाद्य प्रणाली रुपान्तरण योजनसँग समायोजित गरिएको समेत उहाँले बताउनुभयो। साना तथा सीमान्तकृत कृषकहरुको क्षमता विकासमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

साेही कार्यक्रममा वक्ताहरुले जलवायु अनुकूलनका खेती पद्धति अवलम्वन गर्ने दिशामा नेपाल लागिरहेको बताएका छन् । कृषि अनुसन्धानलाई प्रचारसँग जोडेर कृषिको उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उनीहरुको जोड थियाे।