Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउने नेता गौतमकाे दावी

नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गर्ने तर्क

169
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दावी गर्नुभएको छ।

ललितपुरमा साेमबार आयोजित कार्यक्रममा उहाँले यस्तो दावी गर्नुभएको हो। निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने उहाँले बताउनुभयो। उहाँले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएकाे छ। टोल, वडा र पालिका कुनै स्थान खाली नराखी जनताको जानुपर्ने उहाँको भनाइ थियाे। १७ वटा पार्टी एकीकृत भएर पार्टी बनेको उल्लेख गर्दै उहाँले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताउनुभयो।

देशमा समाजवाद ल्याउनको लागि पार्टीले दुईतिहाई ल्याउनैपर्नेमा उहाँकाे जाेड छ। उहाँका अनुसार पार्टीले दुईतिहाई बहुमत ल्याएपछि समाजवादको काम त्यहाँबाट थालनी हुनेछ। जनताको सुविधाको लागि बाटो बन्ने, उत्पादन वृद्धि गर्ने, विकासका लागि सारा संसारबाट वैज्ञानिकहरुलाई नेपाल ल्याउने र नेपालबाट सीप सिक्न बाहिर पठाउने लगायतको काम गर्ने उहाँले बताउनुभयो। आगामी नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गर्ने उहाँले दावी छ।

नेता गाैतमले समाजवाद निर्माणको लागि युवाहरुलाई उत्पादनसंग जोड्नुपर्ने बताउनुभयो। १६ वर्षदेखि ९० वर्ष मुनिका काम गर्नसक्ने जनशक्तिलाई श्रम गर्न लगाउनुपर्ने उहाँको भनाइ छ। रोजगार नपाएर नै युवाहरु आन्दोलनमा उत्रिने गरेको उहाँले बताउनुभयो।

Skip This