Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


एनपीएल क्रिकेटमा भाेलि पहिलो क्वालिफायर खेल हुने

सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुने

1.1k
Shares

काठमाडौं। जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिलो क्वालिफायर खेल हुने भएकाे छ।

लिग चरणका खेल सकिएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान व्यवस्थापनका लागि साेमबार विश्राम गरिएकाे हाे। साेही मैदानमा मंगलबार दिउँसाे ४ बजेदेखि पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुने भएका छन्। सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने निश्चित गरेका हुन्।

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये ६ र विराटनगरले भने ७ मध्ये ५ खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको थियाे।