Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


क्रान्तिकारी विकास आजको आवश्यकताः अध्यक्ष साम्पाङ

अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई आह्वान

221
Shares

काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताउनुभएको छ।

काठमाडौंमा सोमबार पार्टीले सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्‍याउने अभियानमा गोलवद्ध हुन समेत सबै युवाहरुलाई आग्रह गर्नुभयो। आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गर्दै उहाँले श्रमदानमार्फत मुलुकलाई विकास-समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको पनि बताउनुभयो।

अध्यक्ष साम्पाङले पुराना राजनीतिक दलहरुले विकास गर्छन् भन्दै पर्खिने स्थिति नरहेको पनि बताउनुभएकाे छ। पुराना राजनीतिक दलहरुले मुलुक र जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्दै अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई उहाँले आह्वान समेत गर्नुभयो।

Skip This