Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौं: उपाध्यक्ष ज्ञवाली

ओलीकाे एकलकाटे प्रवृत्तिका कारण विकल्पमा पोखरेललाई नयाँ नेतृत्वको रूपमा अघि बढाउन बाध्य

585
Shares

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औं महाधिवेशनमा आफूहरुले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताउनुभएको छ।

काठमाडौंमा साेमबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य हुनु परेको जिकिर समेत गर्नुभयाे। सामूहिक नेतृत्व विना लोकतन्त्र सफल हुन नसक्ने भएकाले पनि आफूहरुले सामूहिक नेतृत्वलाई अघि बढाउने मान्यतालाई स्थापित गराउनका लागि ११ औं महाधिवेशनमा पोखरेललाई अध्यक्षको रुपमा निर्वाचन गराउन चाहेको समेत उहाँले बताउनुभएकाे छ।

उपाध्यक्ष ज्ञवालीले ओलीले आलोचनालाई सुन्न नचाहने गैर माक्सवाद चिन्तन देखाएकाले पनि त्यस्ता खालको गलत कुराको विपक्षमा उभिनुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले आफूहरुले पोखरेलको नेतृत्वमा सामुहिक ढंगले पार्टीलाई अघि बढाउने र लोकतन्त्रको सुदृढिकरणमा नेतृत्वदायी भूमिका खेल्न चाहेको पनि बताउनुभएकाे छ।