Logo १५ माघ २०८२, बिहिबार | Fri Jan 30 2026


झापामा ३ लाख ५४ हजार मेट्रिकटन बढी धान उत्पादन


208
Shares

काठमाडाैं। झापामा यस वर्ष ३ लाख ५० हजार मेट्रिकटन भन्दा बढी वर्षे धान उत्पादन भएको छ।

जिल्लामा ७२ हजार ७ सय ४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा ३ लाख ५४ हजार ३ सय १५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको हाे।

केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउउनुभयाे। उत्पादकत्व भने केही बढेको समेत उहाँले जानकारी दिनुभएकाे छ। उहाँका अनुसार गत वर्ष ७५ हजार ४ सय ५९ दशमलव १८ हेक्टर क्षत्रफलमा ३ लाख ८२ हजार ८ सय ११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो। धानको उत्पादकत्व ५ दशमलव शून्य ७३ रहेको थियो ।

बेमौसमी तथा अनियमित वर्षाका कारण धानखेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष २ हजार ७ सय १६ दशमलव ५३ हेक्टर घटेको प्रमुख विष्टले बताउनुभयाे। उत्पादकत्व बढेर ५ दशमलव १ सय ९५ पुगेको उहाँकाे भनाइ छ। गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५ सय ६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको कार्यालयले जनाएको हाे।

उक्त क्षतिबाट अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको क्षति भएको छ।