काठमाडाैं ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १४३ दल निर्वाचन आयोगमा दर्ता भए । जेन जी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन भएपछि हुन लागेको निर्वाचनमा भाग लिन मात्रै २५ नयाँ दल थपिए ।
निर्वाचनको मुखमा नयाँ दल थपिनु स्वभाविक भएपनि फागुन २१ को निर्वाचनका लागि दर्ता भएका केही दलले पूराना दललाई राम्रै धक्का दिने देखिएको छ । एक रिपोर्ट । जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकार घोषित मिति फागुन २१ मै निर्वाचन गराउने तयारीमा छ । त्यसका लागि सुरक्षा व्यवस्थापनदेखि निर्वाचनका सामग्रीहरु जुटाउनेसम्मको तयारी अघि बढाइएको छ ।
पूराना राजनीनिक दलप्रति असन्तुष्ट देखिएका नागरिक पनि जेन जी आन्दोलनमा होमिएका कारण अबको निर्वाचनलाई विशेष रुपमा हेरिएको छ । लामो समयदेखि सत्ता र शक्तिमा आफ्नो पकड जमाएका पूराना दललाई आउँदो निर्वाचनमा राम्रै धक्का लाग्ने गरी केही दलको उदय हुने देखिएको छ ।
नयाँ दलहरुले त्यसका लागि आक्रामक रुपमा प्रचारप्रसारलाई अघि बढाएका छन् । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीले त विभिन्न सभा र भेलाहरु अघि बढाइरहेको छ । केही दिनअघि खुलेको उज्यालो नेपाल पार्टीले पनि सोहीअनुसारका गतिविधि अघि बढाउने तयारी गरेको छ ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र जनार्दन शर्माहरुले खोलेको प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि निर्वाचनका गतिविधि अघि बढाएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीले त झन आक्रामक प्रचार अघि बढाएको छ । यो पार्टीले देशका विभिन्न मुकामहरुमा सभाहरु धमाधम गरिरहेको छ । पार्टी नेताहरु देश दौडाहामा छन् । यो दलमा नेताहरु भने पुरानै छन् । विभिन्न कम्युनिष्ट घटकहरु मिलेर यो नयाँ दलका रुपमा अघि बढेको छ । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा नयाँ दलहरु धमाधम दर्ता भए । यसको अर्थ, निर्वाचनप्रति उनीहरु निकै रुचि बढाएका छन् भन्ने हो ।
राजनीतिक विश्लेषक राम गुरुङलेसमग्रमा आउँदो निर्वाचन पूराना राजनीतिक दलको अग्नि परीक्षा हुनेछ । अनी नागरिकको असन्तुष्टीको पारो नाप्ने माध्यम पनि छ । निर्वाचनका लागि उदाएका नयाँ दलको चुनावी मुद्दा र उनीहरुले आर्जन गर्ने नागरिक विश्वासले राजनीतिक कोर्षमा एउटा अध्याय थपिनेछ । अनी पूराना दलहरुमाथि सुधार भएर जान्छौ भनेर नागरिकको विश्वास आर्जन गर्ने चुनौती हुनेछ ।





प्रतिक्रिया दिनुहोस्