Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


चलचित्र विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा अध्यक्ष दाहालकाे जाेड


585
Shares

काठमाडाैं। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुनेगरी चलचित्र विधेयकलाई समृद्ध बनाउन आग्रह गर्नुभएको छ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा शुक्रबार चलचित्र विधेयक माथिको छलफलमा बोल्दै अध्यक्ष दाहालले यस्तो आग्रह गर्नुभएको हो। प्रष्ट नीतिको अभावमा चलचित्र क्षेत्रले समस्या झेल्नुपरेको कारण विधेयकलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा उहाँको जोड छ। उहाँले बैंकहरुले चलचित्रलाई बौद्धिक सम्पत्ति धितोका रुपमा मान्यता नदिँदा उद्योग नै जोखिममा परेको बताउनुभयो। उहाँले चलचित्रमा लगानी जोखिमपूर्ण हुने सोचका कारण बैंकहरुले ऋण दिन आनाकानी गर्ने अवस्था रहेको बताउँदै यसलाई केही सरल बनाउनुपर्नेमा जोड दिनुभएकाे छ।

अध्यक्ष दाहालले चलचित्रकर्मीहरुको लागि चलचित्र नै बौद्धिक सम्पती रहेको उल्लेख गर्दै बैंकले धितोको रुपमा स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले चलचित्र पूर्णरूपमा सांस्कृतिक सामग्री मात्र नभई सञ्चारको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै मातृभाषामा बनेका चलचित्रका लागि बोर्डले सेन्सर शुल्क हटाउनेगरी काम गरिरहेको पनि बताउनुभएकाे छ।

अध्यक्ष दाहालले चलचित्र क्षेत्रमार्फत पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरी सरोकारवालाको सुझावहरु समेत समेटेर थप समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो।