Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


मुस्ताङमा १ लाख बढी नगदसहित १२ जना जुवाडे पक्राउ


156
Shares

काठमाडौं। मुस्ताङको जोमसोमबाट १२ जना जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित एक रेस्टुरेन्टमा छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले ईन क्याफे एन्ड रेस्टुरेन्टमा सञ्चालित जुवा खालबाट १ लाख २१ हजार ६ सय ४० रुपैयाँ नगद बरामद गरेको छ। सोही रेस्टुरेन्ट स्थानीय गणेश शेरचनले सञ्चालन गर्नुभएकाे छ।

पक्राउ परेका १२ जनालाई जुवा मुद्दामा म्याद लिएर आरोपीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएकाे हाे। आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मुलुकी अपराध संहिता–२०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफा अन्तर्गत पहिलो पटक जुवा खेल्नेलाई ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेकाे छ।