Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


एमालेको पार्टी कार्यालय च्यासलमा कार्यकर्ताबीच विवाद


1.2k
Shares

काठमाडौं । प्रतिनिधि छनोटको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच विवाद भएको छ।

एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका हुन्। साेही क्रममा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबीच धकेलाधकेलकाे स्थिति सिर्जना भएकाे हाे।

एमालेमा प्रतिनिधि छनोटमा भेदभाव गरेको भन्दै ओखलढुंगा, धनकुटा र दाङ लगायतमा पनि विवाद उत्पन्न भएको छ।