Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


एमालेमा केपी ओलीकाे विकल्प छैन: उपाध्यक्ष बादल

महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिस्पर्धामा जान हुँदैन

351
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औं महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिस्पर्धामा जान नहुने बताउनुभएकाे छ।

काठमाडाैंमा शुक्रबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले महाधिवेशनलाई एकताको बनाउनुपर्ने बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-‘हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ, प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्। नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने सन्देश दिइसकेको समेत उहाँले बताउनुभयाे। विधानलाई संशोधन गरेर भएता पनि नेतृत्व चयन सर्वसम्मत हुने उहाँकाे भनाइ छ।

उहाँले भन्नुभयाे,-‘वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले नयाँलाई अवसर दिनुपर्छ, नयाँ नेतृत्व आवश्यक छ भन्नुभएको छ। पार्टीलाई अगाडि बढाउन वर्तमान अध्यक्षको कार्यशैली उचित छैन। त्यसैले निकास दिनुपर्छ भन्ने उहाँको तर्क छ।’

एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न र लोकप्रिय पार्टी बनाउन ओलीको महत्त्वपूर्ण योगदान रहेको उहाँकाे दावी छ। अहिले पनि एमाले र देशलाई ओलीको आवश्यकता रहेको जिकिर समेत उहाँले गर्नुभयाे। अहिलेको महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा पार्टीलाई विघटन र विसर्जनतिर लाने उपाध्यक्ष बादलले बताउनुभयाे।