Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


नेपाल आर्थिक हिसाबले कमजोर: मन्त्री गुप्ता

श्रोत र साधनको सही उपयोग गरेर अघि बढ्नुपर्नेमा जाेड

117
Shares

काठमाडाैं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसाबले कमजोर रहेका कारण भएका श्रोत र साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।

काठमाडाैंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने र प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पार्नुभयो। तर भएका श्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्नेमा उहाँको जाेड छ।

उहाँले ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो। उहाँले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभएकाे छ। मन्त्री गुप्ताले सकारात्मक रुपमा अघि बढ्नसके सबै काम सफल बन्दै जाने बताउनुभयो।