Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


सर्वपक्षीय बैठक भाेलि बालुवाटारमा बस्दै

बैठकमा आगामी निर्वाचनकाे बारेमा छलफल गरिंने

234
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाउनुभएकाे छ।

उहाँले प्रधानमन्त्रीकाे सरकारी कार्यालय बालुवाटारमा शुक्रबार दिउँसाे ४ बजे बस्ने गरी बैठक बाेलाउनुभएकाे हाे। बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि सबै राजनीतिक दललाई एकै पटक छलफलमा बोलाइएको भन्दै ठूला दलका नेताहरूले असन्तुष्टि जनाएका थियो। शुक्रबारको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्रै बोलाइएको छ।

बैठक आऊानमी माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रहेर छलफल हुनेछ। सरकारले निर्वाचनको मिति घोषणा गरेपनि वातावरण बनाउन नसकेको भन्दै दलहरूले असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्री कार्कीले सक्रियता बढाउनुभएकाे हाे।