Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली प्रारम्भिक टोलीकाे घोषणा

२६ सदस्यीय टोलीको बन्द प्रशिक्षणबाट अन्तिम टोली घोषणा हुने

1.2k
Shares

काठमाडाैं। आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो। उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का र कविता जोशी लगायत रहेका छन् । टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण शुरू गर्नेछ। बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुने भएकाे हाे।

आगामी जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म नेपालमा आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुने भएका छन् । जसमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुने भएका हुन् । ग्लोबल क्वालिफायरको समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे छन्।

साथै समूह ‘बी’ मा भने नेपालसहित बंगलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी परेका हुन् ।