Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


वर्तमान सरकार जेनजी आन्दोलनमा जनताले दिएको आदेशमा बन्याे: नैनसिंह महर


481
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको बताउनुभउकाे छ।

वर्तमान सरकारको वैधतामाथि पार्टीका नेताहरुले प्रश्न गरिरहेकाे समयमा उहाँले जेनजी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताउनुभएको हो। नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा नीहित छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यहीं जगमा निर्माण भएको तर्क गर्नुभयो। उहाँले सोही आन्दोलनमा घुसपैठ हुनु र राष्ट्रिय धरोहरहरु भत्काउने काम उचित नभएता पनि जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएकाे छ।

नेता महरले सरकारले पर्यात काम गर्न नसक्दाको परिणाम जेनजी आन्दोलन भएको र त्यसले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरुलाई निर्देश गरेको समेत बताउनुभयो। काठमाडौंमा बुधबार ‘बन्छ-बन्छ, मेरो देश बन्छ’ नामक गीत सार्वजनिक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले देश र जनताको पक्षमा राजनीति गर्नेहरुले पर्याप्त काम नगरेपछि आफूले देश बनाउने आशा उमार्न सोही गीतकाे रचना गरेको समेत बताउनुभएकाे छ।

साेही कार्यक्रममा बोल्दै राष्ट्रिय गानका लेखक प्रदीप कुमार राई व्याकुल माईला र वरिष्ठ गीतकार भोलाप्रसाद रिजाल लगायतका वक्ताहरुले मुलुकलाई अघि बढाउने दिशामा राजनीतिक पार्टीहरु प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए।