Logo १७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025


पोखरामा अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा अशोक सिलवालको ‘एभरेस्ट’ विमोचन


39
Shares

पोखरा ।

अशोक सिलवालको ‘एभरेस्ट’ पोखरास्थित अन्तराष्ट्रिय पर्वत संग्रहालय (आईएमम)मा विमोचन भएको छ ।

‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला विश्वकै ३ हिमाललाई पृष्ठभुमि पारेर माछापुच्छ्रे काखस्थित आईएमम परिसरमा विमोचन भएको हो ।

आईएममकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले सहकर्मीहरूको उपस्थितिमा पुस्तक सार्वजनिक गर्दै संग्रहालयमा विश्वका १ सय ५ देशका हिमाली पर्यटक आउने तथ्य उल्लेख गर्दै सिलवालको कृतिले पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरिन्।

लेखक सिलवालले माछापुच्छ्रे काखमा रहेको माउन्टेन म्युजियममा पुस्तक विमोचन हुनु आफैँमा विशिष्ट अनुभव भएको बताउँदै संग्रहालयप्रति कृतज्ञता व्यक्त गरे। केही प्रतिहरू म्युजियमको लाइब्रेरीलाई हस्तान्तरण पनि गरियो।

यसअघि पुस्तक लाङटाङ क्षेत्रको क्यान्जीङ गाउँमा सार्वजनिक गरिएको थियो। ‘एभरेस्ट’ लेखक सिलवालको पाँचौँ कृति हो, जसअघि उनका ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्रीलंका स्मृति’ र ‘अप्प दीपो भवः’ प्रकाशित छन्।