Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


ओलीलाई टक्कर दिंदै पाेखरेल (भिडियाे रिपोर्ट)

ओलीलाई सोचे झैं सजिलो नहुने निश्चित

3k
Shares

काठमाडाैं। नेकपा एमालेको ११औं महाधिवेशनका लागि भइरहेको प्रतिनिधि छनोटले पार्टीभित्र तीव्र ध्रुवी करणको संकेत गरेको छ।

महाधिवेशन नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु समूह बनाउन कसरत गरिरहेका हुन् । जसका कारण यस पटकको एमाले महाधिवेशन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ।

११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच रस्साकस्सी हुने देखिएको हाे। यी दुवै समूहमा नेता तथा कार्यकर्ताहरु खुल्न थालेका छन्। जसले पार्टीको आगामी नेतृत्व चयनमा ठूलो प्रभाव पार्ने सम्भावना बढेको छ। एमालेको केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीहरू ओली र पोखरेलको पक्षमा खुल्न थालेका हुन् । यसले ओली र पोखरेलकाबीच टक्करको अवस्था आउने संकेत देखाएको छ। पार्टीको वर्तमान अंक गणितमा ओली बलियो अवस्थामा छन्।

तर पोखरेल भने आफ्नो पक्षमा थप समर्थन जुटाउन र पार्टीको नेतृत्वमा बलियो दावी प्रस्तुत गर्न सक्रिय देखिनुभएकाे छ। एमालेको केन्द्रीय कमिटीमा हाल ३ सय ५४ जना सदस्य छन् । जसमा ओलीको पक्षमा १२ पदाधिकारीसहित २ सय ९३ सदस्य खुलेका छन् । अर्कोतर्फ, पोखरेलको पक्षमा ६ पदाधिकारीसहित ४३ जना केन्द्रीय सदस्य खुलेका छन् । गणितीय हिसाबले ओली बलियो देखिए पनि पोखरेलको रणनीतिले राम्रै प्रभाव पार्ने देखिन्छ। त्यसका लागि उनी नेता, कार्यकर्ताहरुसँग छलफलमा जुटरेका हुन् ।

ओली पक्षधर नेता तथा कार्यकर्ताले ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ नारासहितको पोस्टर बनाएर प्रचार गर्न थालेका हुन्  । पोखरेल पक्षधरले ‘आवेग, प्रतिशोध र अहंकारले बच्दैन देश र पार्टीको अस्तित्व, विवेक, सहकार्य र सामूहिकताका लागि ईश्वर पोखरेलको नेतृत्व’ को नारा राखेर प्रचार पोस्टर बनाएका छन् । यस हिसाबले पनि यो महाधिवेशन केही रोचक र प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको नेता डम्बरबहादुर सिंहले बताउनुभयाे।

जसले पार्टीका रणनीतिहरू र नेतृत्वको भविष्य निर्धारण गर्ने प्रमुख कारक बन्ने निश्चित छ। यसरी एमाले महाधिवेशनको आगामी निर्वाचन र नेतृत्व चयनमा ओली र पोखरेलकाबीचको संघर्षले पार्टीको भविष्य र नेपालको राजनीतिमा ठूलो प्रभाव पार्ने संकेत गर्दैछ।

भिडियाे रिपाेर्ट: