Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्सकाे जित

कर्णाली याक्स भने ३४ रनले पराजित

429
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्स विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ सम्पन्न भएकाे दाेस्राे खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेकाे हाे। दोस्रो खेलमा पराजित भएसँगै कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोली भएको छ। अन्तिम खेलअघि २ अंक मात्र जोडेको कर्णालीले अन्तिम जिते पनि शीर्ष चारमा रहेर प्लेअफमा पुग्नेछैन। किनकी ४-४ अंक जोडेका पोखरा र चितवन राइनोजले एक-आपसमा खेल्न बाँकी छ। जसका कारण यी मध्ये एक टोलीको ६ अंक हुनेछ।

अन्तिम खेलमा जित निकाले पनि कर्णाली बाहिरिने भएकाे हाे। सुदूरपश्चिम रोयल्स १० अंक जोडेर प्लेअफ पुगिसकेको छ। दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमाडाैं गोर्खाजको ८-८ अंक छभने उनीहरू प्लेअफ नजिक छन्। कर्णालीकाे ६ खेल खेल्दा २ अंक मात्र रहेकाे हाे। उसले १ खेल मात्र जित्दा ५ खेलमा पराजय भोग्यो।

मंगलबारको खेलमा जित निकालेको पोखराले पाँच खेलमा दोस्रो जित निकाल्यो भने ४ अंक जोड्यो। अब अन्तिम दुई खेलमा उसले जित निकाले प्लेअफ पुग्ने सम्भावना हुने भएकाे छ।