Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


देशको दिगो विकासका लागि श्रमदान जरूरी: हर्कराज साम्पाङ


156
Shares

काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको बताउनुभएकाे छ।

धरान उपमहानगरका प्रमुख समेत रहेका साम्पाङले मंगलबार धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै जनतालाई देश र माटोसँग जोड्नु आवश्यक बताउनुभएकाे हाे। केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुने समेत उहाँकाे भनाइ छ। छिटो विकासका लागि श्रमदान अपरिहार्य रहेकाे उहाँले बताउनुभयाे।

श्रमदानबाट विकास गर्दा जनता आफैं संलग्न हुने उहाँको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको समेत उहाँले स्पष्ट पार्नुभयाे। पार्टीको उद्देश्य केवल श्रमलाई मूल्यांकन गर्नु मात्र नभएर श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने अध्यक्ष साम्पाङले प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे छ।