Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


देशको अवस्था नाजुक: मधु कार्की


338
Shares

काठमाडाैं । पत्रकार एवं राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ।

काठमाडौंमा मंगलबार पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुकाे बारेमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले देशको अवस्था जनताले चाहेको जस्तो अझै नरहेको बताउनुभयो । युवाले चाहेको सपना अझै पूरा हुन नसकेको उहाँको भनाइ छ। विगतको नेपालको राजनीतिले देश, जनता र युवालाई छुन नसक्दा गत भदौ २३ र २४ गतेको आन्दोलन भएको बताउनुभयो।

तर आन्दोलनले पनि राष्ट्रका लागि केही गर्न नसकेको उहाँले उल्लेख गर्नुभएकाे छ। देश पेण्डुलम अवस्थाबाट अघि बढिरहेको उहाँले जिकिर गर्नुभयो। पत्रकार कार्कीले लोकतान्त्रिक व्यवस्थाले देशलाई केही दिन नसकेको बताउनुभयो।