Logo १६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025


सुनकोशी–मरिण आयोजाना पुनः ठेक्काको तयारी


455
Shares

काठमाडौं ।

सिन्धुली जिल्लामा संचालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाईभर्सन बहुदेश्यीय आयोजानको बाँध, विद्युत गृह निर्माणकालागि पुनः ठेक्काको तयारी गरिएको छ ।

यसअघि सरकारले आयोजनाको काममा प्रगति अपेक्षा गरे अनुसारको नदेखिएपछि सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विधुत गृह निर्माण लगाएतको ठेक्का रद्द गरेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागले एम-एस पटेल–रमन जेभी, जनकपुरसँग गरिएको ठेक्का सम्झौता औपचारिक रूपमा समाप्त गरेपछि सुनकोशी नदीमा बाँध निर्माणको कार्य र कुसुमटारमा बिधुत निर्माणको कार्य अघि बढ्न सकेको छैन ।

जलस्रोत तथा सिंचाइ विभागको सहमति पछि बाँकी कामको पुनः सार्वजनिक खरिद ऐन अन्तर्गत पुनः ठेक्का प्रक्रियाद्धारा काम सुचारु गराईने सुनकोशकी मरिण डाईभर्सन बहुदेश्यीय आयोजनाले जनाएको छ ।

सुनकोशी–मरिण डाइभर्सन बहुदेश्यिय आयोजना अन्तर्गत सुनकोशी नदीको पानी मरिण खोलामा मोड्ने अन्तर–बेसिन स्थानान्तरण परियोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ उपलब्ध गरारईने लक्ष्य रहेको छ ।

सिन्धुली र रामेछाप जिल्लाको सिमा क्षेत्रमा पर्ने सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किमिको सुरुङमार्गबाट सिन्धुलीको मरिण क्षेत्रमा पुर्याई ३१ मेगावाट विधुत उत्पादन गर्ने आयोजनाको उदेश्य रहेको छ ।आयोजनको सम्पुर्ण लागत करिब ४६ अर्ब रुपैया लागत मध्ये कुल १३ दशमलव ३ किलोमिटरको सुरुङको निर्माण कार्य एक वर्ष अगावै सम्पन्न भएको छ ।

विगतमा ४ वर्ष अगावै शुरु भएको आयोजना चालु् आर्थिक वर्ष २०८२-८३ सम्म सम्पुर्ण निर्माणका कार्य सम्पन्न गर्ने लक्ष्य लिएतापनि काम भने पुर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।