काठमाडाैं। कामना न्यूज पब्लिकेशन्सले स्थापनाको ४२ वर्ष पूरा गरेर ४३ वर्षमा प्रवेश गरेकाे छ।
काठमाडाैंमा साेमबार पब्लिकेशन्सले एक कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे स्थापना वर्ष भव्य रुपमा मनाएकाे हाे। नेपालको पत्रकारिता क्षेत्रमा कामना न्यूज पब्लिकेसन्सको विशेष भूमिका रहँदै आएको छ। साेही पब्लिकेसन्सले समाजका विभिन्न पाटोमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।
साेही कार्यक्रमलाई सम्बाेधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले पब्लिकेसन्सले आफ्नो ४२ वर्षे इतिहासमा नेपालमा उत्पन्न भएका विकृति र विसंगतिको विरोध गर्दै आएकाे बताउनुभयाे। साथै उहाँले सुधारको लागि लगातार कलम चलाउँदै आएको समेत बताउनुभएकाे छ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा आफ्नो गर्वीलाे इतिहास लेखाएको पब्लिकेसन्सले आफ्नो यो यात्रालाई नयाँ युगको शुरुवात मानेको छ। पब्लिकेसन्सको पहिलो संस्करणले मात्र नेपाली पाठकलाई आकर्षित नगरेको बताउदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले इमानदारिताका साथ पत्रकारिताको मानक सेट गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।
कामना न्यूजले आफ्नो ४२ वर्षे इतिहासमा विभिन्न राजनीतिक र सामाजिक घटनामा सक्रिय पत्रकारिता गर्दै नेपालमा विभिन्न विकृति र विसंगतिको समेत भण्डाफोर गरेको उहाँकाे भनाइ छ।















प्रतिक्रिया दिनुहोस्