Logo १५ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025


शेयर बजारमा आज पनि गिरावट

लगानीकर्ता पर्ख र हेरको अवस्थामा, कारोबार रकम पनि खुम्चियो

117
Shares

काठमाडाैं। शेयर बजारमा परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकको गिरावट आएको छ।

दिनैभरीको उतार चढावकाबीच बजार परिसूचक नेप्से ४ दशमव २८ अंकले घटेर २ हजार ६ सय ४५ दशमलव २४ को विन्दुमा झरेको हो। नेप्सेमा रहेका उपसमूहहरु मध्ये ७ वटा उपसमूह घटेका छन्। ६ वटा उपसमूहको परिसूचक भने बढेको हाे। १ सय २६ वटा कम्पनीको शेयर मूल्य घट्दा १ सय २४ वटाको बढेको छ। ८ वटाको मूल्य भने स्थिर रहेको हाे। साेमबार पनि सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

ग्रीन भेञ्चर्स हाइड्रको मूल्य पनि साढे ९ प्रतिशतले बढेको हाे। दिनैभरीमा ३ सय २५ वटा स्टकको १ करोड ८ लाख ६० हजार कित्ता शेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ। कारोबार रकमका आधारमा युनाइटेड मोदी जलविद्युतको २७ करोड बढीको शेयर खरिद बिक्री भएको नेप्सेले जनाएकाे हाे।