Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


शेयर बजारमा आज पनि गिरावट

लगानीकर्ता पर्ख र हेरको अवस्थामा, कारोबार रकम पनि खुम्चियो

182
Shares

काठमाडाैं। शेयर बजारमा परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकको गिरावट आएको छ।

दिनैभरीको उतार चढावकाबीच बजार परिसूचक नेप्से ४ दशमव २८ अंकले घटेर २ हजार ६ सय ४५ दशमलव २४ को विन्दुमा झरेको हो। नेप्सेमा रहेका उपसमूहहरु मध्ये ७ वटा उपसमूह घटेका छन्। ६ वटा उपसमूहको परिसूचक भने बढेको हाे। १ सय २६ वटा कम्पनीको शेयर मूल्य घट्दा १ सय २४ वटाको बढेको छ। ८ वटाको मूल्य भने स्थिर रहेको हाे। साेमबार पनि सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

ग्रीन भेञ्चर्स हाइड्रको मूल्य पनि साढे ९ प्रतिशतले बढेको हाे। दिनैभरीमा ३ सय २५ वटा स्टकको १ करोड ८ लाख ६० हजार कित्ता शेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ। कारोबार रकमका आधारमा युनाइटेड मोदी जलविद्युतको २७ करोड बढीको शेयर खरिद बिक्री भएको नेप्सेले जनाएकाे हाे।

Skip This